सांकेतिक तस्बीर
धादिङ २५ वैशाख
स्थानीय चुनाव नजिकिएसंगै धादिङमा अपराधिक घटनाहरु बढ्न थालेको छ । ज्वालामूखी गाउँपालिका – ५ धुसेनीमा बैशाख २५ गते बिहान एक समूहले एमाले कार्यकर्ताको घर तोडफोड गरेको एमाले ज्वालमूखीले जानकारी दिएको छ ।
तोडफोडमा नेपाली काँग्रेसका वडा अध्यक्ष उम्मेदवार टंक दुवाडी, नेपाली काँग्रेस कार्याकर्ता शिवराम भण्डारीको अगुवाइ रहेको र उनीहरुले दुई घरमा तोडफोड गरेको नेकपा एमाले ज्वालामूखी स्रोतको भनाइ छ ।
एमाले कार्यकर्ता धनबहादुर लम्साल र नानीराम आचार्यको घरमा तोडफोड भएको स्थानीय हरी थापाले जानकारी दिनुभएको छ । चुनाबी कार्यक्रमको क्रममा तल्लो गाउँमा सामान्य विवाद हुदा घरमा तोडफोड भएको बताइएको छ ।
यता जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता जागेश्वर भण्डारीले भने घटनाको कुनै पनि जानकारी प्राप्त नभएको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस