धादिङ २५ वैशाख
स्थानीय तह निर्वाचनका क्रममा तीन दलीय गठबन्धन विरूद्ध दर्ता भएको उम्मेदवारी फिर्ता गर्न नेकपा(माओवादी केन्द्र) धादिङले पार्टी संम्बद्ध स्वतन्त्र उम्मेद्वारहरुलाई आग्रह गरेको छ । नेकपा(माओवादी केन्द्र) धादिङका संयोजक मनराज भण्डारीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धन विरूद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न आग्रह गर्नुभएको हो । उहाँले गठबन्धनकोे निर्णयलाई कार्यान्वयन गर्न गराउन जिल्ला मातहतका सबै कमिटी तथा पंतिमा आग्रह गर्नुभएकोे छ । पार्टी र गठबन्धनको निर्णय बाहिर गएर उम्मेद्वारी दिएका र हालसम्म फिर्ता नलिएका स्वतन्त्र उम्मेद्वारहरुलाई नियमानुसार कारबाही गरिने विज्ञप्ती मार्फत भनिएको छ ।
प्रतिक्रिया दिनुहोस