धादिङ २५ वैशाख
धादिङको खनियाबास गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेद्वार सेक्केमान तामाङले आफू निर्वाचित भएमा आफ्नो तलब भत्ता गरिब विद्यार्थीको शिक्षामा लगानी गर्ने घोषणा गर्नुभएको छ ।
सत्ता गठबन्धनबाट उपाध्यक्ष पदमा निर्वाचनमा होमिएका तामाङ नेकपा(माओवादी केन्द्र) धादिङका युवा नेता हुन् । सानैदेखि सामाजिक कार्यमा अग्रसर तामाङ समाज परिवर्तनको लागि राजनीतिमा होमिएका हुन् ।
राजनीतिशस्त्र विषयमा एम.ए गरेका सेक्केमानले विभिन्न विपत्तिको समयमा खनियाबास गाउँपालिकाका नागरिकहरुमा सहयोग गर्न अग्रसर रहने गर्दछन् ।
निवार्चन प्रचार प्रसार अभियानमै व्यस्त तामाङले उप–प्रमुखलाई आउने पुरै तलब भत्ता गरिब, अपांग तथा अनाथ विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफू पनि गरिब परिवारमा हुर्केको व्यक्ति भएकाले आफ्नो पालिकाका कुनै पनि बालबालिका विद्यालय जानबाट बन्चित नहुन् भन्ने उद्देश्यका साथ आफूले यो प्रतिबद्धता गरेको तामाङको भनाइ छ ।
खनियाबास गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट अध्यक्षमा निवर्तमान गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ र उपाध्यक्षमा सेक्केमान तामाङको साझा उम्मेद्वारी परेको छ ।
प्रतिक्रिया दिनुहोस