धादिङ २४ वैशाख
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कमला रानाको पक्षमा उत्साहपूर्ण लहर देखिएको छ । नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेद्वारी पाएकी रानालाई गाउँका महिलाहरुले जिताउनका लागि सामुहिक अभियान सुरु गरेको एमाले स्रोतले जानकारी दिएको छ ।
निर्वाचन नजिँकिँदै गर्दा महिलाहरु वडा अध्यक्षमा रानालाई जिताउन अघि सरेका हुन् । कोणसभालाइ सम्बोधन गर्दै रानाले वडालाई नमुना बनाउने प्रतिवद्धता व्यक्त गर्दै अरुको तुलनामा सबै विषयमा अब्बल बनाउन आफू लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।
महिलाको नेतृत्च्वलाई केही गर्न सक्दैन भन्ने आरोपको खण्डन गर्दै रानाले महिलामाथी हुने हिंसाको अन्त्य गर्न विषेश कार्यक्रम संचालन गर्ने, विकासका विभिन्न योजना बनाएर लागु गर्ने, स्वास्थ्यचौकी र विद्यालय निर्माण गर्ने जस्ता योजना पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस