धादिङ २४ वैशाख
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी स्वरुप आज धादिङको जिल्ला समन्वय समितिको परिसरमा नमुना मतदान भएको छ ।
जिल्लामा मतदानको समयमा कुनै पनि समस्या नआउन् भनेर तयारी स्वरुप नमुना मतदान गराइएको निर्वाचन कार्यालय धादिङले जनाएको छ । नमुना मतदान कार्यक्रममा मतदान कसरी गर्ने, मत बदर हुन नदिन के गर्ने भन्ने बारेमा जानकारी गराइएको थियो ।
जिल्ला निर्वाचन कार्यालय धादिङको आयोजनामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, मतदाता, मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
अहिले निर्वाचनमा हुने बदर सङ्ख्या घटोस् भनेर जिल्लाहरूमा जमूना मतदान भइरहेको छ । यसपटक गठबन्धनको कारण नागरिकलाइ मत हाल्नमा द्धिबिधा हुन सक्ने आकलन गरिएको छ ।
निर्वाचनमा हुन सक्ने कुनै पनि किसिमको द्धिबिधा अन्त्य गर्नको लागि निर्वाचन शिक्षा र नमूना मतदान लगायतलाइ प्राथमिकतामा राखेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस