निर्वाचन आयोगले वैशाख ३० गते हुने मतदानका लागि जम्मा मतदाता संख्याभन्दा करिब तीस लाख बढी मतपत्र छापेको छ।
स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले भोट खसाल्न पाउनेछन्। देशभरका ७५३ वटै पालिकाका लागि २ करोड ७ लाख ४ हजार मतपत्र छपाइ गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
उनले योपटक आयोगले अनुमान गरेभन्दा बढी स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका कारण ५३ पालिकाका मतपत्र पुनः छपाइ गर्नु परेकाले मतपत्र अझ बढी हुनु स्वाभाविक भएको बताए।
तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन यस्तो प्रावधान राखिएको आयोगले जनाएको छ। बढी भएका मतपत्र छपाइ मुख्य निर्वाचन कार्यलयमा सुरक्षित रूपमा राखिने भएकाले दुरुपयोग नहुने उनको दाबी छ। मतदान सकिएपछि बढी भएको मतपत्र धुल्याउने ९नष्ट गर्ने० आयोगले जनाएको छ। आयोगले सबै जिल्लामा आवश्यक पर्ने मतपत्र पठाइसकेको छ।
प्रतिक्रिया दिनुहोस