धादिङ २३ बैशाख
नेपाली काङ्ग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएकी नीलकण्ठ नगरपालिका धादिङको उपमेयर पदकी उम्मेदवार कल्पना अधिकारीले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएको छ ।
बिहिबार नेकपा(माओवादी केन्द्र) नीलकण्ठ–३ धादिङले आयोजना गरेको चुनावी घरदैलो कार्यक्रममा अधिकारी पनि मेयरका उम्मेदवार भिम प्रसाद ढुङ्गाना र उप मेयरका उम्मेदवार दिपक विश्वकर्मा सहित माओवादी केन्द्रबाट नीलकण्ठ–३ का उम्मेद्वारहरुको ब्यानर भएको र्यालिमा सहभागी भएकी हुन् । यता अधिकारीले भने र्यालीमा सहभागी भएता पनि आफैलाई भोट मागेको बताएकी छिन् ।
अधिकारीसहित गठबन्धनका विरुद्ध उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई बिहिबार काङ्ग्रेस धादिङले साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस