धादिङ २२ वैशाख
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ र ६ मा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । आसन्न स्थानीय निर्वाचनलाई केन्द्रित गरेर नेकपा(माओवादी केन्द्र) उपत्यका समन्वय समितिका अध्यक्ष एवं प्रदेश सांसद जगत ब. सिंखडाको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमकै अवसरमा नेकपा एमाले परित्याग गरी स्थानीय युवा एवं एमाले नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेको सिंखडाले बताउनु भयो । राजु शाहको अध्यक्षतामा भएको चुनावी सभा कार्यक्रममा नेता सिंखडाको प्रमुख आतिथ्य तथा शिक्षक नेता अर्जुन बहादुर नगरकोटीको विशेष आतिथ्य रहेको थियो ।
नेकपा माओवादी केन्द्रबाट त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ मा कुश बहादुर सिटौला र वडा नं. ६ मा हरि विश्वकर्माले अध्यक्षको उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंखडाले स्थानीय निर्वाचनमा माओवादीप्रति जनलहर देखिएकाले जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।
व्यवस्था बदल्नको निम्ति माओवादीले नेतृत्वदायी भूमिका खेलेको बताउदै सिंखडाले प्राप्त उपलब्धीहरुको संरक्षण गर्दै गरिब जनताको पार्टी माओवादी भएकाले ढुक्क भएर हसिाया हथौडामा मतदान गर्न आम मतदाताहरुलाई आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस