धादिङ २२ वैशाख
स्थानीय निर्वाचन २०७९ मा होमिएका धादिङका राजनैतिक दलहरुले सवारी पास नै नलिइ सवारी साधन प्रयोग गरेर चुनाव प्रचार प्रसार गरेका छन् । मुख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले राजनैतिक दलहरु सवारी पास लिन नआएको बताउनु भयो ।
निर्वाचन आचार संहितामा राजनैतिक दलहरुले निर्वाचन अधिकृतको अनुमति नलिई निर्वाचन प्रचार प्रसारमा सवारी साधन प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ ।
यस्तै मुख्य निर्वाचन अधिकृत ज्ञवालीले धादिङका लागि आवश्यक मतपत्र आइसकेको बताउनु भएको छ । मतपत्र मतदान अधिकृतको रोहबरमा मतदान केन्द्रमा पठाउने कार्य अघि बढाइने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस