धादिङ २२ वैशाख
स्थानीय तह निर्वाचन २०७९ का लागि गंगाजमुना गाउपालिका धादिङमा गठबन्धन दलको तर्फबाट साझा प्रतिबद्धता पत्र सार्वजनिक भएको छ ।
गंगाजमुना गाउपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट भक्त बहादुर लामा र उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टि माओवादीको तर्फबाट रामेश्वर सिंखडाले उम्मेद्वारी दिनुभएको छ ।
७ बुँदामा सार्वजनिक गरिएको साझा प्रतिबद्धता पत्रमा गंगाजमुनामा कृषिमा व्यवसायीकरण र आधुनिकीकरण ल्याउने प्रतिबद्धता जाहेर गरिएको छ ।
यस्तै, गाउँपालिकाको सडकहरुलाई पक्की र व्यवस्थित गर्ने, बेरोजगार युवाहरुलाई उत्पादन क्षेत्रमा जोड्दै रोजगारी प्रवर्दन गर्ने, पालिका स्तरमा सुविधा सम्पन्न कर्बड हल र रंगशाला निर्माण गर्ने, निशुल्क स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने, प्रबिधिमैत्री शिक्षा निर्माण गर्ने र ज्येष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता प्रत्येक घरदैलोमा पुर्याउनका निम्ति घुम्ति बैंक सेवा संचालन गर्ने लगायतका रहेका छन् ।
सत्ता गठबन्धनको निर्णय अनुसार गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्षमा समाजवादीको भागमा परे पनि कांग्रेस र माओवादीले मात्र चुनावी तालमेल गरेका हुन् ।
७ वडा रहेको गंगाजमुनामा नेकपा एमालेका तर्फबाट भक्त बहादुर लामिछाने अध्यक्षमा र उपाध्यक्षमा एन्जिला तामाङको उम्मेद्वारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस