प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको अवस्थामा गठबन्धन राष्ट्रिय आवस्यकता भएको बताएका छन् । बुधबार विराटनगरमा काँग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले आवस्यकता भएकाले नै गठबन्धन गरेर निर्वाचनमा जानु परेको बताएका हुन् ।
उनले आफू प्रधानमन्त्री भएपछि कुनै डर त्रास नरहेको भन्दै गठबन्धनको सरकारले प्रजातन्त्रलाई सुदृढ गर्ने उदेश्य रहेको बताए । उनले गठबन्धनप्रति कुनै शंका उपशंका गर्ने काम गर्न नहुने भन्दै काँग्रेसले गठबन्धनलाई धोका दिन नसक्ने बताए ।
उनले विराटनगरको ऐतिहासिक महत्वबारे खोज अनुसन्धान हुने भन्दै राजनीतिक हिसावले पनि विराटनगरको छुट्टै महत्व रहेको बताए ।
प्रधानमन्त्री देउवाले निर्वाचनपछि काँग्रेसको नेतृत्वमा सरकार बने जेष्ठ नागरिकहरुलाई ६५ वर्षमै भत्ता दिने व्यवस्था गर्ने बताए । उनले यसको व्यवस्था आफुले पहिले पनि गरेको तर ओली नेतृत्वको सरकारले त्यसलाई अस्वीकार गरेको बताए ।
प्रतिक्रिया दिनुहोस