काठमाडौँ २५ आषाढ
अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबिराज ओझाले कुट्दा कानको जाली फुटेको प्रहरीमा उजुरी दिएकी छन् । २०७३ सालको दशैँमा गोप्य रुपमा बिबाह भएको शिल्पा पोखरेल निर्देशक छविराज ओझाकी चौथी श्रीमती हुन् । सामान्य विवादमा श्रीमानले हातपात गर्दा कानको जाली नै फुटेको शिल्पाको दावी छ । कानको जाली नै फुट्ने गरी कुटपिट गरेपछि शान्ति सुरक्षाको माग गर्दै शिल्पाले मङ्गलबार महानगरीय पहरी परिसर काठमाडौँमा उजुरी दिएकी हुन् । हाल चलचित्र निर्माता दिपक रौनियारको घरमा बस्दै आएकी शिल्पालाई आफूले कुनै पनि दुव्र्यवहार नगरेको र सामान्य विवाद भएपश्चात आषाढ ८ गते घरबाट निस्केर हिडेको श्रीमान् ओझाले बताए । निर्देशक ओझाले नै शिल्पालाई चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए ।
स्रोत : रातोपाटी
प्रतिक्रिया दिनुहोस