धादिङ १८ वैशाख
अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङको अध्यक्षमा शंकर तामाङ चयन हुनुभएको छ । १ सय ३३ औँ अन्तराष्ट्रिय श्रमिक मजदुर दिवसको अवसरमा आयोजित विस्तारित बैठक तथा चियापान कार्यक्रमबाट तामाङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा प्रदिप भट्ट, भरत थापा, सचिवमा उमेश लामिछाने, सह–सचिवमा टोप बहादुर न्यौपाने र सर्मिला रोका र कोषाध्यक्षमा राजकुमार सुवेदी निर्वाचित हुनुभएको हो ।
महासंघ धादिङका अध्यक्ष वद्रि प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य कल्पना धमलाको प्रमुख आतिथ्य रहेको थियो भने माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीको विशेष आतिथ्य रहेको थियो ।
बैठकले महासंघ धादिङको इन्चार्जमा निवर्तमान अध्यक्ष वद्रि प्रसाद स्वेदीलाई चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस