धादिङ १८ वैशाख
स्थानीय तह निर्वाचन २०७९ का लागि नेकपा(माओवादी केन्द्र)का तर्फबाट नीलकण्ठ नगरपालिका वडा नं. ३ धादिङको वडा अध्यक्षका उम्मेद्वार नारायण कुमार श्रेष्ठले प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
एम्बुलेन्स अन्कल उपनामले समेत चिनिने श्रेष्ठ नागरिकहरुको हरेक समस्यामा प्रत्यक्ष सहभागि भएर छुट्टै सामाजिक छबि बनाउन सफल समाजसेवीका रुपले परिचित नाम हो ।
२१ बुँदामा सार्वजनिक गरिएको उहाँको प्रतिबद्धताको १ नम्बरमै अघिल्लो कार्यकालमा भएका राम्रा कार्यहरुलाई निरन्तरता दिदै नयाँ योजनाका लागि परामर्श गर्ने रहेको छ ।
यस्तै स्वच्छ र शुद्ध खानेपानीलाई मूख्य प्राथमिकता दिने, बजारक्षेत्रमा निस्कने फोहोरलाई मोहोरमा परिणत गर्ने, स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै एम्बुलेन्स सेवा र सहज र सरल माध्यमबाट उपलब्ध गराई घाइते बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने, हेलिप्याडको स्थापना गर्ने, बजारक्षेत्रका सडक बत्तिहरुलाई सौर्य बत्तीमा परिणत गर्ने लगायतका महत्त्वपूर्ण र लोकप्रिय प्रतिबद्धताहरु सार्वजनिक भएका छन् ।
यी हुन् वडा अध्यक्षका उम्मेद्वार श्रेष्ठका २१ बुँदे प्रतिबद्धताहरु :
१. २०७४ को स्थानीय निर्वाचन मार्फत निर्वाचित वडा अध्यक्ष दाजु होमनाथ रिजाल टिमको राम्रा कामहरुलाई निरन्तरता दिदै नया योजनाहरुका लागि परामर्श लिईने छ ।
२. ‘हाम्रो प्रतिवद्धता ः स्वच्छ र शुद्ध खानेपानीमा प्राथमिकता’ का साथ ‘नीलकण्ठ–३, भित्र स्वच्छ खानेपानी आपूर्तिका लागि हाम्रो लगानी, घर–घरमा स्वच्छ खानेपानी’ कार्यक्रम ल्याइने छ ।
३. ‘विपद्का बेला जहिले, जोखिममा रहेका पहिले’ लाई आत्मसाथ गर्दै विपद् जोखिम व्यवस्थापनका लागि पूर्व तयारी प्रतिकार्यका लागि उद्धार दल गठन गरिने छ ।
४. एम्बुलेन्स सेवा र धाइते बिरामीका लागी आवश्यक रगत सहज र सरल माध्यमबाट उपलब्ध गराईनुका साथै आपतकालीन तथा विपद्का समयमा उद्धारका लागि आगमन हुने हेलिको सुरक्षित अवतरणका लागि हेलिप्याडको स्थापना गरिने छ ।
५. धादिङबेसीलाई स्मार्ट नमूना बजार बनाउन स्मार्ट सिटीको अवधारणा अनुसार सवल, सक्षम र स्रोत सम्पन्न वडाको रुपमा विकास र विस्तार गरिने छ ।
६. कमजोर, असहाय र अशक्तहरुप्रति विशेष जिम्मेवारी बहन गर्दै वडाको धरोहर जेष्ठ नागरिकहरुले राज्यबाट पाउने सबै सेवा सुविधाहरु सहज र अविलम्ब उपलब्ध गराई उहाँहरुको ज्ञान र अनुभवबाट प्रदान गर्नु भएका सल्लाह र सुझावहरुलाई मार्गदर्शनको रुपमा ग्रहण गरिने छ ।
७. वित्तीय साक्षरता सम्बन्धी आवश्यकीय अभिमुखीकरण कार्यक्रम गरी वडावासीको आर्थिक स्तर उकास्न प्रत्येक वडावासीहरुलाई बचत खाता र डिम्याट खाता खोल्न लगाई पूजी बजारसँग जोडिन प्रोत्साहित गरिने छ ।
८. वडा भित्र उब्जिएका फोहरलाई मोहरमा रुपान्तरण गर्ने कार्यक्रम ल्याई ‘आफ्नो ठाउँ, आफै सफा बनाऔं’ मार्पmत फोहर व्यवस्थापनलाई उचित जीविकोपार्जनको श्रोत बनाइने छ ।
९. स्वस्थ शरीर स्वच्छ मन, धादिङबेसीको पहिलो धन’ लाई सार्थकता दिन वडावासीको स्वास्थ्य सेवामा पहुच पु¥र्याउन स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याइने छ र अति विपन्न वर्गको लागी बिमा सहयोग कोष स्थापना गरी सबैका लागी बिमा कार्यक्रम लागु गरिनुका साथै सर्वशुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने छ ।
१०. ‘वडावासीको कामना, उज्यालो धादिङबेसी हाम्रो चाहाना’ अवधारणालाई पूर्ण रुप दिन वडा भित्रका महत्वपूर्ण सडकहरुमा शान्ति सुरक्षाका लागि ऋऋत्ख्, विद्यु्त तथा सौर्य बत्तीहरु जडान गरी महशुल निःशुल्क गर्न पहल गरिने छ ।
११. वडा भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नका लागि ‘हाम्रो विद्यालय, राम्रो विद्यालय, हामी आफै बनाउछौं’ भन्ने अभियानका साथ सबैका लागि शिक्षा, सधैका लागि शिक्षा’ लाई मूर्तरुप दिनका लागि ‘विद्यार्थी ल्याऔं, टिकाऔं र सिकाऔं’ जस्ता विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
१२. ‘मौलिकता हाम्रो शान – संस्कृति परमपरा हाम्रो पहिचान’ लाई आत्मसाथ गर्दै सम्भाब्य देखिएका नीलकण्ठ–३, भित्रका धार्मिक एवं पर्यटकीय स्थल एवं संस्कृतिको अभिलेखीकरण, पूर्वाधार निर्माण, संरक्षण र प्रचार–प्रसार गरी वडावासी सबै जातजाती÷समुदायहरुको आ–आप्mना मौलिक भाषा, संस्कृति तथा परम्पराहरुको जगेर्ना एवं सांस्कृतिक पहिचानको संरक्षण गरिने छ ।
१३. ‘वडावासीको स्वस्थ्य जीवनको आधार, आवश्यकीय खेलकुद विकासको पूर्वाधार’ लाई आत्मसाथ गर्दै विविध खेलकुद कार्यक्रमहरु गरिनुका साथै वडा भित्रका राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलाडी सम्मान कार्यक्रम ल्याईने छ ।
१४. वडामा मेलमिलाप केन्द्रको स्थापना गरी निःशुल्क कानुनी परामर्शको व्यवस्था मिलाइने छ ।
१५. बसपार्क र पार्किङको उचित व्यवस्थापन गरिने छ ।
१६. कृषि क्षेत्रको व्यवसायीकरण र विकासमा जोड दिईने छ ।
१७. वडा भित्र आवश्यकीय स्थानहरुमा सार्वजनिक शौचालय स्थापना गरिने छ ।
१८. लैङ्कि समानता र सामाजिक समावेशीकरणलाई प्रवद्र्धन गरिने छ ।
१९. जेष्ठ नागरिक मञ्च, अनाथालय, वद्धाश्रम, सुधारगृह, मनोरञ्जन पार्क, धार्मिक तथा आध्यात्मिक पार्क स्थापना र विस्तार गरिने छ ।
२०. आन्तरिक आयमा वृद्धि गर्न करका दरभन्दा दायरा फराकिलो बनाई सर्वशुलभ र करदाता मैत्री वातावरण तयार गरिने छ ।
२१. वडाको सेवा प्रवाहलाई छिटो छरितो, सरल सहज, पारदर्शी गुणस्तरीय र सुचनामैत्री बनाउन कर्मचारीहरुमा ““रहरले काम गरौं, हासेर सेवा गरौं”” अनि ““सेवा प्रवाहमा एक पाईला सारौं, बिनम्रता र तत्परता सहित सेवा गरौं”” भन्ने भावनाको विकास गराई अनुशासित, सुशासित र भष्टचारमुक्त वडा बनाईने छ ।
प्रतिक्रिया दिनुहोस