धादिङ १८ वैशाख
प्रेस सेन्टर नेपाल, धादिङले आइतबार एक कार्यक्रमका बिच धादिङबेसीमा सञ्चार डेस्क स्थापना गरेको छ ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ५ दलीय गठबन्धनका उम्मेद्वारलाई विजयी गराउने उद्देश्यले सूचना र सञ्चारको अधिकतम प्रयोग गर्दै उम्मेद्वारहरुका प्रतिवद्धतापत्र तथा योजनाहरु जनतासामु पु¥याउने हेतुले सञ्चार डेस्क स्थापना गरिएको हो ।
सेन्टरका अध्यक्ष राजन अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कल्पना धमलाको प्रमुख आतिथ्य रहेको थियो भने माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीको विशेष आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस