धादिङ १८ वैशाख
धादिङमा एमाले र राप्रपा नेपाल बीच तालमेल भएकोे छ ।
नेकपा एमाले धादिङले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै धादिङ जिल्लाको १३ वटै स्थानीय तहमा तालमेल गरिएको र तालमेललाई कार्यन्वयन गर्न गराउँन निर्देशन गरेको छ ।
विज्ञप्तीमा एमालेका जिल्ला सचिव अर्जुन कुमार श्रेष्ठ (गोरखाली) ले हस्ताक्षर गर्नुभएको छ ।
राप्रपा नेपाल र एमालेको यो तालमेल सँगै धादिङमा चुनावी प्रतिपर्धा निकै प्रतिस्प्रधात्मक हुने आँकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस