धादिङ १५ वैशाख
स्थानीय निवार्चनका लागि टिकट वितरणको विषयमा बिबाद चुलिदा धादिङ थाक्रेका एमाले पार्टी अध्यक्ष कृष्ण प्रसाद पन्त र सचिव गोकर्ण रुपाखेतीले पार्टीबाट राजिनामा दिएका छन् ।
पार्टी अध्यक्ष पन्तले पार्टीको बागमती प्रदेश कमिटीबाट टिकट ल्याएर उम्मेद्वारी दिएता पनि जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जिल्ला कमिटीको निर्णय गर्दै निवर्तमान गाउँपालिका अध्यक्ष राम कुमार आचार्यलाई पार्टीको आधिकारिक उम्मेद्वार भनेर टिकट दिएका थिए ।
आज एक कार्यक्रमका बिच पन्त र रुपाखेतीले पार्टीको सम्पूर्ण जिम्मेवारी त्यागेर स्वतन्त्र रहेको घोषणा गरेका हुन् । सचिव रुपाखेतीले भने .अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।
पालिका भित्र अरुलाई दास बनाउने र जनजीविकाको मुद्धालाई वास्ता नगर्ने परिपार्टीको विकास भएको कारण आगामी निर्वाचनमा अध्यक्षमा रामकृुमार आर्चाय र उपाध्यक्षमा अम्बिका रुपाखेतीलाई हराउने अभियान सन्चालन गर्ने र अध्यक्षमा गोकर्ण रुपाखेतीलाई जिताउनका आग्रह समेत गरेका छन् ।
यही विबादले गर्दा एमालेको निक्कै पकड रहेको थाक्रे गाउँपालिकामा स्थानीय निर्वाचनमा हार बेहोर्ने निश्चित जस्तै रहेको कार्यकर्ता तहबाट टिप्पणी सुरु भएको छ ।
विज्ञप्ती
प्रतिक्रिया दिनुहोस