धादिङ १५ वैशाख
धादिङमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ । स्थानीय निर्वाचनमा वडा तहसम्म गठबन्धन गर्ने केन्द्रीय निर्णय र जिल्लास्थित संयन्त्रको वैशाख ११ को निर्णय कार्यान्वय गर्ने विषयमा बैठक केन्द्रित रहेको सहभागी एक नेताले बताउनु भयो ।
सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादीबिच पालिका स्तरमा जिल्लाका केही स्थानीय तहमा तालमेल भएता पनि केही स्थानीय तहमा पालिकास्तरमा पनि तालमेल हुन सकेको छैन ।
जिल्लाको रुविभ्याली, खनियाबास, धुनिबेसी र गल्छीमा वडा तहसम्म तालमेल भएको छ ।
प्रतिक्रिया दिनुहोस