धादिङ १५ बैशाख
सत्तारुढ ५ दलीय गठबन्धन विरूद्धको दर्ता भएको उम्मेदवारी फिर्ता गर्न नेपाली कांग्रेस धादिङले आग्रह गरेको छ ।
नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धन विरूद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न आग्रह गरेको हो ।
उनले गठबन्धनको केन्द्रीय संयन्त्रकोे निर्णयलाई ध्यानमा राख्दै पार्टी संगठन र लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन र स्वतन्त्र रुपमा दर्ता भएका उम्मेदवारी फिर्ता लिएर गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस