धादिङ १५ वैशाख
स्व. विवेश्ना अधिकारीको स्मृतिमा ज्वालामुखिमा सन्तानेश्वर महादेव मन्दिरको निर्माण गरिएको छ ।
अधिकारीको स्मृति दिवसको अवसरमा निर्मित उक्त मन्दिर बुधबार एक कार्यक्रमका बिच पिता विष्णु प्रसाद अधिकारीद्धारा गाउपालिकालाई हस्तान्तरण गरिएको हो । व्यक्तिगत लागत (८ लाख ) मा ३ तले मन्दिर निर्माण गरिएको छ ।
ज्वालामुखी गाउपालिका ३ अमरावती माध्यामिक विद्यालयमा ४ कक्षामा अध्ययनरत छात्रा विवेश्ना अधिकारीको २०७७ साल फागुन १६ गते विद्यालयको प्राङ्गणमा ट्याक्टरको ठक्करबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस