गोरखा २४ आषाढ
प्रधानमन्त्री रोजगार कार्यक्रम आरुघाट गाउँ पालिका गोरखामा सफल बन्दै गएको संयोजक महेश खत्रीले बताउनु भएको छ । पालिकामा हालसम्म १६ वटा चौतारा निर्माण, ३ वटा गोरेटो बाटो निर्माण, सडकको ढल व्यवस्थापन, वाल निर्माण लगायतका कार्यहरु प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सम्पन्न भएको छ । सबैभन्दा राम्रो योजना बनाइ काम सम्पन्न गर्ने श्रमिकलाई प्रोत्साहन स्वरुप आकर्षक रुपमा पुरस्कृत गर्ने र ज्यालामा समेत वृद्धि गरिने संयोजक खत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस