धादिङ ११ वैशाख
जिल्लाका सबै पालिकामा प्रमुख र उप प्रमुखमा सहमति भएको जनाए सँगै गठबन्धन कै स्थानीय तह कमिटीहरुले आलोचना गर्न थालेका छन् ।
गंगाजमुनाका नेपाली कांग्रेस र माओवादीले आज एक विज्ञप्ती जारी गर्दै गठबन्धनको निर्णय मान्य नहुने भन्दै प्रेस विज्ञप्ती जारी गरेका छन् । जिल्ला स्थित गठबन्धनले अध्यक्ष कांग्रेसले पाउने र उप प्रमुख एकीकृत समाजवादीले पाउने निर्णय गरेको थियो ।
माओवादी केन्द्रका अध्यक्ष रामेश्वर सिंखडा र नेपाली कांग्रेसका सभापति फैङिङ तामाङले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गठबन्धनले गरेको सहमति गंगाजमुनामा लागु गर्न नसकिने जनाएका हुन् । गजुरीमा एक्लै लड्न पाउने पर्ने माग गर्दै कांग्रेस गजुरीले सभापतिलाई पत्राचार गरेको छ ।
त्यस्तै, नेपाली कांग्रेस गजुरीले जिल्ला सभापति रामनाथ अधिकारीलाई पत्र लेखदै गजुरीमा कांग्रेसलाई एक्लै चुनाव लड्न दिन अनुरोध गरेका छन् ।
जिल्ला गठबन्धनको बैठकमा गजुरी गाउँपालिकाको अध्यक्ष कांग्रेसले र उपाध्यक्ष माओवादी केन्द्रले पाउने सहमति भएको दावी गर्दै कांग्रेस गजुरीले अहिले फेरि अर्को सहमतिको प्रस्ताव आएकोले आफूहरुलाई अमान्य भएको जनाएको छ ।
अब थप छलफलका लागि समय अप्रयाप्त रहेकोले गजुरीमा कांग्रेसले एकल चुनावमा सहभागी हुन पाउनु पर्ने माग गरिएको नेपाली कांग्रेस गजुरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस