धादिङ ०९ वैशाख
धादिङको नीलकण्ठ नगरपालिका ८ स्थित मुरलिभञ्ज्याङमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्या सम्बन्धी तालिम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय, वागमती प्रदेशको सहयोगमा भएको उक्त कार्यक्रममा मण्डली महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, धादिङको आयोजना रहेको थियो ।
संस्थाकी अध्यक्ष भगवती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयमसेवीका, लगायत संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मनोविमर्शकर्ता राजन दुवाडी र कृष्ण पौडेलले मनोसामाजिक तथा मानसिक रोगहरु, उदाशिनता, छारेरोग, रुपान्तरित विकार, आत्महत्या, मनोविकृति, मध्यपान सम्वन्धी समस्या र आघातजन्य घटना पश्चातको तनावपूर्ण अवस्था र लान्छना लगायतका विभिन्न मनोसामाजिक समस्या र रोगहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस