धादिङ ०७ वैशाख
धादिङको उत्तरी क्षेत्रमा पर्ने रुविभ्याली गाउँपालिका–१ तिप्लिङको लिङ्जोमा सडक खन्ने क्रममा पहिरोले डोजरसहित पुरिएका दुई जनाको शव तीन महिनापछि फेला परेको छ ।
सडक खन्दै गर्दा माथीबाट चट्टान खसेर डोजरसहित पुरिएका डोजर चालक मकवानपुरको बकैया–२ का पूर्ण बहादुर रुम्बा र रुविभ्याली–१ लिङ्जोका स्थानीय धन भनिने अनिष तामाङको कंकाल मात्रै भेटिएको हो ।
गत पुष २९ गतेको एउटै पहिरोमा पुरिएका सहचालक राजु तामाङको २ दिनपछि नै शव भेटिए पनि डोजर चालक रुम्बा र स्थानीय तामाङ बेपत्ता नै थिए । पहिरोबाट डोजरको पाटपुर्जा निकाल्ने क्रममा दुबै शवको कंकाल मात्रै भेटिएको हो ।
पहिरोमा गुल्टिएर खन्दै गरेको सडक भन्दा तल खोलामा पुरिएको डोजरसँगै दुबै जनाको सडेगलेको शव ‘कंकाल’ एकै ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका फोकल पर्सन (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
समाचार स्रोत : पाबिलन्युज
प्रतिक्रिया दिनुहोस