धादिङ ०६ वैशाख
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा सञ्चालित निःशुल्क मोतियाबिन्दु अपरेशन शिविरमा ८८ जनाले मोतियाबिन्दुको शल्यक्रिया गराएका छन् ।
चैत्र २२ र २३ गते री स्वास्थ्य चौकी, चिमचोक सामुदायिक स्वास्थ्य इकाई र गुम्दी स्वास्थ्य चौकीमा संचालन भएको मोतिबिन्दु छनौट एक एक दिने निःशुल्क आँखा शिविरमा अपे्रशनका लागि छनौट गरिएका जिल्ला सामुदायिक आँखा केन्द्र, धादिङवेसीमा आँखा जाँच गराई अप्रेशनको लागि नाम टिपाएका ८८ जना मोतियाबिन्दुका बिरामीहरुले अपरेशन गराएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका इन्चार्ज रामसिं तामाङले जानकारी दिनुभयो ।
यही वैशाख ४ गतेदेखि सुरु भएको ३ दिने शिविरमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका प्राविधिक टोलीले शल्यक्रिया गरेका थिए ।
शिविरमा अपरेशन गराएका सबै बिरामीहरुलाई गजुरी निवासी होटल व्यवसायी शिखा तामाङले निःशुल्क चस्मा वितरण समेत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस