सांकेतिक तस्विर
धादिङ ०६ वैशाख
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १२ स्थित साउनेपानीमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको पुष्टि भएको छ ।
स्थानीयहरुले मृत अवस्थामा शिशु फेला परेको जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा गइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
“नवजात शिशु मृत अवस्थामा फेला परेको जानकारी स्थानीयले गराएपछि प्रहरी टोली घटनास्थलमा गएको छ । थप विवरण भने आएको छैन ।” प्रवक्ता भण्डारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस