धादिङ
नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए अनुसार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्
बझाङको सुर्मा गाउँपालिकाबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।
दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने सभापति बोहरासहित ३ जना घाइते भएका हुन् । विनोद सभापति बोहराका छोरा हुन् । घाइतेहरुको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको छ । प्रहरीका अनुसार जीप शनिबार राति १२स्४० बजे दुर्घटना भएको हो ।
जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । थप विवरण आउन बाँकी छ ।
अनलाइन खबर
प्रतिक्रिया दिनुहोस