धादिङ ०३ बैशाख
धादिङको रुबिभ्याली गाउँपालिका सेर्तुङमा पहिलोपटक ग्रामिण अस्पतालमा एम्बुलेन्स पुगेको छ ।
धेरै समय यातायातको पहुँचबाहिर रहेका सेर्तुङबासी अहिले गाउँमै सडक आईपुग्दा खुसी भएका छन् । स्थानिय सरकार आएपछि सडक बिस्तारमा जनप्रतिनिधी लागेकाले अन्तिम बर्षसम्म आउँदा सडक सञ्जाल जोड्न सफल भएको गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङ भनाई छ ।
पहिले केही दुर्घटना वा विपद परेका ब्यक्तिलाई उद्धार गर्नुपर्दा हेलिकप्टरको प्रयोग गर्नुपर्ने र धेरै अप्ठ्यारो परिस्थिती झेल्नुपर्ने बाध्यता अब हटेको उपाध्यक्ष बिना लामाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस