धादिङ ०२ बैशाख
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोग) धादिङको पुर्नगठन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच सालिग्राम दुवाडीको अध्यक्षतामा पुर्नगठन गरिएको हो । जसको उपाध्यक्षमा कृष्णराज अधिकारी, सचिवमा रोहित भण्डारी र कोषाध्यक्षमा तिलक सिंखडा रहनुभएको छ ।
१३ सदस्यीय कार्यसमितिको सदस्यहरुमा अशोक कुमार बस्नेत, ठाकुर प्रसाद बुर्लाकोटी, शिव प्रसाद देवकोेटा, दुर्गा अधिकारी, विनोद रिजाल, गोमा थापा, शेर बहादुर तामाङ, गर्भे मिजार र मनिष दुवाडी रहनुभएको छ ।
विभिन्न तहका निर्वाचनहरु निश्पक्ष, भयरहित र शान्तिपूण तबरले भएको छ कि छैन ? अनुगमन तथा पर्यवेक्षण गर्ने उद्देश्यका साथ गठित नियोग संस्थाले यही वैशाख ३० गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनको पनि पर्यवेक्षण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस