वैशाख १, धादिङ
धादिङको ज्वालामूखी गाउँपालिका वडा नं.३ भट्टगाउँलाई नमूना सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिनाले नमूना सफा तथा स्वच्छ गाउँ घोषणा गर्नुभएको हो ।
वडा अध्यक्ष रुद्रमान श्रेषठको आध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष तिमल्सिनाको प्रमुख आतिथ्य रहेको थियो भने उपाध्यक्ष जानुका सिंखडाको विशेष आतिथ्य रहेको थियो ।
यस्तै शान्ति नेपालका कार्यकारी समितिका सचिव मणीराज श्रेष्ठ तथा सल्लाहकार डा. कृष्णमान शाक्य र कार्यकारी निर्देशक पि आर शर्माको आतिथ्य रहेको शान्ति नेपालका परियोजना संयोजक इन्द्रमान शाक्यले जानकारी दिनुभयो ।
पूर्ण सरसफाइ अभियान अन्तरगत ५ स्वच्छता व्यवहार र सो व्यवहार प्राप्त गर्न १५ वटा सुचकहरु उल्लेख गरी गत वर्षदेखि ८० घरधुरी समेटी अभियान संचालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस