कृष्ण बहादुर लामिछाने
गोरखा २० आषाढ
कृषि पर्यटन र पूर्वाधार, भिमसेन थापा गाउँ पालिका सम्वृद्धिको मूल आधार भन्ने नाराका साथ भिमसेन थापा गाउँ पालिका गोरखाले ५ आँै गाउँ सभा सम्पन्न गरेको छ । भिमसेन थापा गाउँ पालिकाका कार्यकारी प्रमुख कृष्ण थापाले सञ्चालन गर्नु भएको गाउँ सभामा गाउँ पालिकाका अध्यक्ष ईश्वर पाण्डेले गाउँ पालिकाको आर्थिक वर्ष २०७६/७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । गाउँ पालिकाकी उपाध्यक्ष विनु वाग्लेले आर्थिक वर्ष २०७६/७७ को लागि राजस्व र आय अनुमानको एकमुष्ठ रकम रु. ४९ करोड ८४ लाख ५१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । जसमध्ये गाउँ पालिकाको आर्थिक वर्ष २०७५÷७६ को बचत अनुमानित रु. ८ करोड २ लाख रहेको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस