धादिङ ३० चैत्र
धादिङ अस्पतालले आफ्ना सेवाग्राहीलाई अस्पतालको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । वैशाख १ गते नयाँवर्षका दिनदेखि लागु हुने गरी उक्त छुट सेवा सुचारु गर्न लागिएको सूचना अधिकारी विक्रम बिकले जानकारी दिनुभयो ।
अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टको डा.मधुकर दाहालले पद बहाली गरेसँगै सेवाग्राहीहरुलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्योपचारमा सहज र सहुलियत प्रदान गर्ने योजना अनुरुप यो निर्णय भएको विकको भनाइ छ ।
हाल सेवाग्राहीले अस्पतालको फार्मेसीबाट औषधि खरिद गर्दा ५% छुट पाउँदै आएका थिए । यस्तै अस्पतालको अन्तरङग शाखामा थपिएको माथिल्लो तलामा पनि २५ बेड थप गरी छिट्टै सेवा विस्तार गर्नेगरी काम सुरु गरिएको विकले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस