धादिङमा आज बुधबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।मंगलबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै सल्यान्टार सबस्टेशनबाट चैनपुर तर्फ गएको ११ के.भी प्रशारण लाईन मर्मत सुधार तथा लाईन नजिक रहेका रुखका हाँगाबिगा काट्ने कार्य रहेकोले आज बुधबार बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म सटडाउन हुने जनाएको छ । उक्त समयमा सल्यान्टार सवस्टेशन अन्तर्गतको चैनपुर फिडर बन्द हुने भएकाले उक्त फिडरबाट सप्लाई भएका क्षेत्रहरु त्रिपुरासुन्दरी गाउँपालिकाको माझगाउँ, खोल्सी, रानिपौवा, बट्टार,ज्वालामुखी गाउँपालिकाको चैनपुर, रामपुर ,देउराली, खरी , हुलाक भञ्ज्याङ, ढोला र मैदी लगाएत आसपासका स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ।
प्रतिक्रिया दिनुहोस