धादिङ २९ चैत्र
गंगाजमुना गाउँपालिका वडा नं. ३ एक घर एक धारा सम्पन्न गर्ने धादिङकै पहिलो वडा बनेको छ । आइतबार एक कार्यक्रमका बिच एक घर एक धारा सम्पन्न वडा घोषणा गरिएको वडा अध्यक्ष विजय गुरुङले जानकारी दिनुभयो ।
एक घर एक धारा सम्पन्न वडा निर्माणका लागि गंगाजमुना गाउँपालिका, जिल्ला खानेपानी तथा सरसफाई डिभिजिन कार्यालय, GWT, नेपाल, शान्ति नेपाल लगायतका संघ संस्थाहरुले सहयोग गरेको अध्यक्ष गुरुङले बताउनु भयो ।
यस्तै कार्यक्रमकै अवसर पारी धेरै अगाडि निर्माण सम्पन्न भएको वडा कार्यालय भवनको समेत उद्घाटन गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष बल बहादुर अधिकारी, शान्ति नेपाल धादिङका इन्द्रमान शाक्य, गाउँपालिकाका जनप्रतिनिधिहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको आतिथ्य रहेको थियो ।
संमृद्ध वडा बनाउन सहयोग पु¥याउने गाउँपालिका, विभिन्न संघ संस्था र सम्पूर्ण वडाबासीहरुलाई आभार प्रकट गर्दै वडा अध्यक्ष गुरुङले आगामी दिनमा पनि जनतासँगै साक्षात्कार गर्दै नागरिककै सेवामा लागि रहने प्रतिबद्धता जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस