योङ कम्युनिष्ट लिग नीलकण्ठ नगर कमिटीको प्रथम सम्मेलन सोमबार सम्पन्न भएको छ ।
नगर कमिटी अध्यक्ष रेगन श्रेष्ठको अध्यक्षतामा भएको सम्मेलनमा योङ कम्युनिष्ट लिग नेपालका इन्चार्ज राम प्रसाद सापकोटा(दिपशिखा)को प्रमुख आतिथ्यता र अध्यक्ष सुमन देवकोटाको विशेष आतिथ्या रहेको थियो । यस्तै माओवादी केन्द्र बागमती प्रदेश सह–सचिव विजय बुर्लाकोटी, जिल्ला संयोजक मनराज भण्डारी लगायतको विशेष आतिथ्य रहेको थियो ।
सम्मेलनले पुनः रेगन श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा प्रकाश थापा, कृष्ण बहादुर रम्तेल र जुनकिरी गुरुङ, सचिवमा साजन विक, सहसचिवहरुमा हरि श्रेष्ठ, रामकृष्ण सापकोटा, सूर्य तामाङ, गोकुल ठकुरी, सरिता रिजाल, धन बहादुर तामाङ र सुबिलाल तामाङ रहनुभएको छ भने कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वाइसिएल इन्चार्ज दिपशिखाले युवाहरुलाई स्थानीय निर्वाचनमा केन्द्रित रहन र पार्टीलाई जिताउने अभियानमा लाग्न आग्रह गर्नुभयो ।
यस्तै अध्यक्ष सुमन देवकोटाले बन्दुक र बारुदसँग खेलेर आएको माओवादी युवाहरुको जमात वाइसिएल भएकाले कोही कसैसँग नझुकी आफ्नो मिसन पुरा गर्न सबै युवा लाग्नको लागि अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस