धादिङ २८ चैत
सरकारले जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाका प्रभावित वासिन्दालाई घर, गोठ, बोटबिरुवा र खोरको मुआब्जा मुल्य अत्यन्तै न्युन भएको भन्दै मुआब्जा मूल्यमा पुर्नविचार गर्न माग गर्दै बागमती प्रदेश सभा सदस्य जगत बहादुर सिंम्खडाले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाउनुभएको छ ।
सिंम्खडाद्धारा जारी गरिएको ज्ञापन पत्रमा मुआब्जा लिन भर्नुपर्ने फरममा पनि सरकारले चाहेको अवस्थामा जुनसुकै बखत छोड्नुपर्ने भन्ने सर्तमा सहिछाप गर्नुपर्ने प्रावधान निकै आपत्ति जनक रहेको भन्दै सच्याउन माग गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोइरालालाई प्रदेश सभा सदस्य सिंखडाका स्वकीय सचिव प्रेम बहादुर तामाङले ज्ञापन पत्र बुझाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस