धादिङ २७ चैत
स्थानिय तहको चुनावको लागि नेकपा माओवादी केन्द्र निलकण्ठ नगरपालिका वडा नं १४ बाट सर्वसम्मत रुपमा उम्मेदवारी सिफारीस गरिएको छ ।
जसको अध्यक्षमा नवराज दुवाडी रहनुभएको छ भने महिला सदस्यमा कमला तामाङ, सदस्यहरुमा सुर्य तामाङ, अर्जुन गुरुङ, दलित महिला सदस्यमा गिता परियार, रुप्सिला सुनुवार र संगिता सुनार बीसी रहनुभएको छ ।
नवराज दुवाडीको अध्यक्षता बसेको उक्त बैठकमा उपत्यका प्रदेश समितिका सहसचिव सोम्बले तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने नीलकन्ठ नगर समितिका कोषाध्यक्ष कमला तामाङ लगायत नगर समितिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस