अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्सहित वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । विशेषगरी बागमती, गण्डकी र प्रदेश १ को पहाडी भूभागमा मेघगर्जन र चट्याङ्सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार न्यूनचापिय प्रणाली र स्थानीय वायुको प्रभावले अहिले देशभरका पहाडी भेगको मौसम बदली भएको छ । तराईको मौसम भने सामान्यतया सफा नै छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने पश्चिमी वायुको प्रभावले मौसम बदली भएको छ । यो प्रणाली अहिले पूर्व सर्ने क्रममा रहेकाले पोखरा आसपास ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोलि पनि बिहान मौसम खुल्ने हुने तर दिउँसोपछि मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना छ । तर नजिकै परेपनि नजिकै अर्को ठाउँमा भने पानी पर्ने सम्भावना नरहेको मौसमविद् बासीको भनाइ छ । लामो समयदेखि पानी नपर्दा गर्मी र प्रदुषण बढ्दै गएको छ । यो प्रणालीले गर्मी र प्रदुषण घटाउन केही सहयोग गर्ने मोसमविद्ले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस