धादिङ २६ चैत
स्थानिय तहको चुनावको लागि नेकपा माओवादी केन्द्र निलकण्ठ नगरपालिका वडा नं १३ बाट सर्वसम्मत रुपमा उम्मेदवारी सिफारीस गरिएको छ । जसको अध्यक्षमा प्रेमबहादुर गुरुङ रहनुभएको छ भने सदस्यहरुमा तुलबहादुर गुरुङ, रेशम आचार्य, टोपमाया गुरुङ, जुनकिरि गुईँदेल रहनुभएको छ ।
त्यस्तै विभिन्न टोल कमिटी गठन ईन्चार्ज र जनवर्गिय संगठन मोर्चाको वडा ईन्चार्ज पनि तोकिएको छ । भोर्लेको इन्चार्जमा टंकबहादुर गरुङ, खल्चेतमा सोमबहादुर गुरुङ, मदनखर्कमा देउबहादुर गुरुङ, किराखोरमा रामप्रसाद दाहाल, लाहुरेगाउँ र आचार्य गाउँमा रेशम आचार्यलाई तोकेको छ ।
साथै, युवा कम्युनिष्ट लिगको वडाईन्चार्जमा सुरेश गुरुङ र अध्यक्षमा राजेश गुरुङलाई तोकेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडाईन्चार्जमा सबि गुरुङ र अध्यक्षमा इन्दिरा गरुङ, दलित मुक्ति मोर्चाको वडाईन्चार्जमा रामप्रसाद दाहाल र अध्यक्षमा गोरे सुनुवार, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको वडाईन्चार्जमा बिष्णुबहादुर गुरुङ र अध्यक्षमा रामबहादुर गुरुङ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस