धादिङ १९ आषाढ
आम संचार माध्यममा आदिबासी जनजातिका सवाल विषयक ३ दिने पत्रकारिता तालिम बिहीबारबाट धादिङबेसीमा सुरु भएको छ । नीलकण्ठ नगरपालिकाको सहयोगमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज जिल्ला शाखा धादिङले तालिमको आयोजना गरेको हो । तालिममा जिल्लाका आमसंचार माध्ययममा कार्यरत ३० जना पत्रकारहरु सहभागी छन् ।
नेपाल आदिबासी जनजाती महासंघ संघीय समितिका कोषाध्यक्ष अमरध्वर लामा, अग्रज पत्रकार राजेन्द्र प्रताप शाह, राजाराम शर्मा, दिपक कोइराला, सानुबाबु तिमिल्सिना लगायतले सहभागीहरलाई प्रशिक्षक दिने छन् । तालिममा समाचार रिपोर्टिङ, फिचर न्युज लेखन, रेडियो कार्यक्रम उत्पादन र विकास पत्रकारिताको विषयमा छलफल गराइने फोनिज धादिङका अध्यक्ष शंकर श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस