कृष्ण बहादुर लामिछाने
२० चैत्र गोरखा
टाइफाइट रोग विरुद्धको खोप तथा नियमित टाइफाइट खोप उपलब्ध गराउने सम्बन्धी भिमसेनथापा गाउँपालिका स्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ । समुदायमा विद्यमान टाइफाइट रोगको संक्रमणलाई रोकथाम तथा निवारण गर्ने, बिरामी मृत्यु दर र अपाङ्ग दरलाई कम गर्ने उदेश्यका साथ १५ महिना देखि १५ वर्षमुनिका लक्षित बालबालिकालाई खोप दिने सम्बन्धमा बैठकको आयोजना गरिएको हो ।
भिमसेनथापा गाउपालिका गोरखाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले खोप अभियान विषयका बारेमा सहजीकरण गर्नुभएको थियो । भिमसेनथापा गाउपालिका र स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा भिमसेनथापा गाउपालिकाका अध्यक्ष एवं खोप समन्वय समितिका संयोजक ईश्वर पाण्डेको अध्यक्षता रहेको थियो भने उपाध्यक्ष बिनु वाग्ले, प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारी, विभिन्न वडाका वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी र सञ्चारकर्मी लगायतको सहभागिता रहेको गोरखाकाबाट सहकर्मी कृष्ण बहादुर लामिछानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस