कृष्ण बहादुर लामिछाने
२० चैत्र गोरखा
भिमसेनथापा गाउपालिका गोरखाले आज आईतबारबाट लागुहुने गरी सबै वडामा अनलाइन घटना दर्ता तथा सामाजिक सुरक्षाको उद्घाटन गरेको छ । भिमसेनथापा गाउपालिका–५ का स्थानीय काजी ढकाल एवं सुस्मिता ढकालकाृ छोरी सोफिया ढकालको अनलाइन मार्फत जन्म दर्ता गरी उद्घाटन गरिएको हो ।
कार्यक्रममा गाउपालिकाका अध्यक्ष इश्वर पाण्डे, उपाध्यक्ष बिनु वाग्ले, प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारी, वडा नं. ५ का अध्यक्ष प्रेमचन्द्र श्रेष्ठ, सुचना प्रविधि अधिकृत सबिना लामिछाने, एम. आई.एस अपरेटर प्रदिप लामिछाने, वडा सचिव खुब प्रसाद धिताल, फिल्ड सहायक प्रसुन अधिकारीको सहभागिता रहेको सहकर्मी कृष्ण बहादुर लामिछानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस