धादिङ १९ आषाढ
वेनीघाट रोराङ गाउँ पालिका वडा नं. ८ का वडा सदस्य राम्जी चेपाङलाई बुधबार बेलुका गोली प्रहार भएको छ । गोली प्रहारबाट चेपाङको टाउकोमा गम्भिर चोट लागेको छ । चेपाङलाई काठमाडौँस्थित नर्भिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको र चेपाङको अवस्था गम्भिर रहेको गाउँ पालिकाका अध्यक्ष हरि डल्लाकोटीले बताउनु भयो । रापती नगरपालिका वडा नं. १३ कान्दा चितवन स्थायी घर भएका इन्द्र कुमार चेपाङले गोली प्रहार गरेको नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष भिम बहादुर चेपाङले बताउनु भयो । अन्दाजी ३५/४० वर्षका इन्द्र बहादुर चेपाङले एक महिना पहिले कान्दामा २ विद्यार्थीलाई बलात्कार गरी फरार रहेको र १० दिनसम्म खोज्दा पनि फेला नपरेको, कान्दास्थित कुमार बलराम छात्राबासमा बस्ने व्यक्तिलाई मरणासन्न हुने गरी कुटपिट गरेको, गाउँमा त्रास, धम्की देखाउने र स्थानीलाई त्रसित बनाउने गरेको चेपाङ अगुवा तिलक चेपाङले बताउनु भयो । वैदेशिक रोजगारीबाट फर्किएका चेपाङको आपराधिक क्रियाकलाप बढ्दै गएको स्थानीयको गुनासो छ । ओडारमै बस्ने ओडारमै खाने चेपाङलाई प्रहरीले खोज तलास गर्दा उनी बस्ने ओढार पत्ता लागेको तर व्यक्ति फेला पार्न सकेको थिएन । फरार अभियुक्तलाई खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय गजुरी र जिल्ला प्रहरी कार्यालय धादिङको टोली परिचालित भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस