कतारको दोहामा भव्य कार्यक्रमबीच विश्वकप २०२२ को ड्र सार्वजनिक गरिएको हो । २०२२ को विश्वकपमा ३२ देश सहभागी हुने छन् ।
२०१८ विश्वकप को आयोजक रूस भने युक्रेनलाई आक्रमण गरेपछि विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रतियोगिताबाट निलम्बन गरेको छ । त्यस करण कतारमा हुने फिफा विश्वकप २०२२ मा रूस देखिने छैन । सार्वजनिक ड्र अनुसार २०१८ को विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ ।
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ भने लियोनल मेस्सीको टिम अर्जेन्टिना र रोवर्ट लेवान्डोस्कीको टिम पोल्याण्ड समूह ‘सी’ मा छन् ।
कुन राष्ट्र कुन समूहमा :
समूह ए – कतार, इक्वेडर, सेनेगल,नेदरल्याण्ड
समूह बी – इंग्ल्यान्ड, इरान, अमेरिका
समूह सी – अर्जेन्टिना,साउदी अरेबिया,मेक्सिको, पोल्याण्ड
समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया
समूह ई – स्पेन, जर्मनी, जापान
समूह एफ – बेल्जियम, क्यानडा , मोरक्को,क्रोएसिया
समूह जी – ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड,क्यामरुन
समूह एच – पोर्चुगल, घाना,उरुग्वे, दक्षिण कोरिया
प्रतिक्रिया दिनुहोस