धादिङ १९ चैत्र
नेपाल रेडक्रस सोसाइटी धादिङ जिलला शाखाको ५० औँ स्वर्ण वर्ष तथा ३५ औँ वार्षिक साधारण सभाको अवसर पारी रेडक्रसका जन्मदाता जाँ हेनरी ड्यूनाको शालिक अनावरण एवं खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बागमती व्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले अर्धकदको शालिक अनावरण गर्नुभएको हो । सोहि अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६ महिला र २० पुरुष गरी २६ जनाले रक्तदान गरेका थिए । यस्तै रेडक्रस धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले ५२ औँ पटक रक्तदान गर्नुभएको थियो ।
रेडक्रस धादिङका सभापति नारायण तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री जम्मट्टेलको प्रमुख आतिथ्य तथा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल लगायतको विशेष आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस