धादिङ १८ चैत्र
संस्थागत विद्यालयतर्फको जिल्लाकै पहिलो विद्यालय सुनगाभा एकेडेमी धादिङले शुक्रबार फुड फेस्टिभल एन्ड ओपन डान्स कम्पिटिशन तथा फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई नियमित पठन पाठनको अलावा व्यवहारिकत तथा प्रयोगात्मक ज्ञान प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक वद्रि लम्सालले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न खानका परिकारहरु तयार गरेका थिए भने विद्यालय स्थापना कालदेखिको संकलित फोटोहरुको प्रदर्शनी समेत गरिएको थियो । यस्तै विद्यार्थीहरुबाटै विभिन्न मनोरञ्जनात्मक खेलहरु समेत आयोजना गरिएको थियो ।
ओपन डान्स कम्पिटिशनमा विद्यालयको नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुले आफ्नो प्रस्तुति देखाएका थिए । प्रतियोगितामा पूर्व प्राथमिकतर्फ युकेजिका विद्यार्थीहरु विजयी भएका हुन् भने कक्षा १,२ र ३ को प्रतियोगितामा कक्षा ३ का विद्यार्थी र कक्षा ४ र ५ को प्रतियोगितामा कक्षा ५ का विद्यार्थी विजयी भएका हुन् । कार्यक्रम शिक्षकहरुले समेत नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक वद्रि लम्सालको सभापतित्वमा आयोजित कार्यक्रममा रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा, विद्यालयका सञ्चालक समिति सदस्यहरु, अभिभावक, शिक्षक, पूर्व विद्यार्थी लगायतको आतिथ्यता रहेको थियो भने विद्यालयका अधिकाशं अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
केही तस्विरहरु :
प्रतिक्रिया दिनुहोस