नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिसको मापदण्ड तय गरेको छ ।
सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको माओवादीले पहिलेका प्रतिनिधिलाई सकभर नदोहो¥याउने भएको छ ।
माओवादी केन्द्रका अध्यक्षले शुक्रबार जारी गरेको सर्कुलरमा ‘विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहो¥याउने, देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने, विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने, पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस