प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाउनुभएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खानलाई तोक्नु भएको हो ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारत भ्रमणमा जानुहुने भएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई दिइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस