धादिङ १७ चैत
धादिङबेशीमा आगलागी व्यवस्थापन सम्बन्धी सात दिने तालिम आज सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाको सहयोगर युएसएआईडी तयार नेपालको साझेदारीमा आयोजित तालिममा हिमालयन इस्टिच्युट अफ फायर एण्ड इमरजेन्सी सर्भिसेस (हाइफेस) ले सहजीकरण गरेको थियो ।तालिममा १६ जना पुरुष र २ जना महिला सहभागि भएका थिए ।
धादिङ जिल्लामा आगलागीको कारण धेरै धनजनको क्षति हुँदै आएको हुनाले कम जनशक्ति र साधन स्रोतको उपलब्धतामा पनि आगलागी नियन्त्रणा गर्न सक्ने उद्धेश्यले तालिम संचालन गरेको नीलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक विष्णु रिजालले बताउनु भयो ।
धादिङमा पहिलो पटक आगलागी व्यवस्थापन सम्बन्धी तालिम संचालन भएको हो । उक्त तालिमबाट आगलागी नियन्त्रण कसरी गर्ने भन्ने कुरा सिक्ने अवसर मिलेको प्रशिक्षाथी मनिष दुवाडीले बताउनु भयो । आगोसँग डराउने आफू तालिम लिए पश्चात भने आगो साथी हुन पुगेको उहाँको भनाई छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समीति धादिङका प्रमुख जगन्नाथ नेपालले दमकलको आवश्यक पर्दा दमकल छैन भन्ने गुनासो सुन्न नपरोस भन्दै तालिम लिएका प्रशिक्षार्थीहरुलाई अन्य रोजगारको व्यवस्था गराउन आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस