नेपालले आज भएको खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई हराउदै त्रिकोणात्मक टि-२० शृंखलाको फाइनलमा पुगेको छ ।
बिहीबार पपुवा न्यु गिनी (पीएनजी) र नेपाल बीचमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको नेपालले पीएनजीलाई २ सय ४ रनको लक्ष्य दिइएको थियो । लक्ष्य पछ्याउँदै मैदान आएको पीएनजी १९.४ ओभरमा १ सय ६६ रनमा अलआउट भयो । पीएनजीको यो लगातार तेस्रो हार हो ।
नेपालको जितमा करण केसीले पाँच विकेट लिगे भने अन्तिम ओभरको तीन विकेटले उनलाई टि-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी बनायो । उनीसँगै अविनाश बोहराले २ विकेट ,सोमपाल कामीले २ र कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । यो खेल जित्दै नेपाल यस शृंखलाको फाइनल पुगेको छ । त्रिकोणात्मक टि-२० शृंखलामा नेपाल सँगै पपुवा न्यु गिनी (पीएनजी) र मलेसिया रहेका छन् ।
प्रतिक्रिया दिनुहोस